राजनीति


कांग्रेस बैठकमा भ्रातृ संस्थाबारे छलफल

कांग्रेस बैठकमा भ्रातृ संस्थाबारे छलफल

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १५:२९,

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल प्रारम्भ भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले सो प्रस्ताव प्रस्तुत गरेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरे।

केन्द्रीय कार्यसमितिको अर्को बैठक यही भदौ १३ गते बिहान ११ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad