नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी पार्र्टी कार्यालयमा सोही पार्टीका असन्तुष्ट कार्यकर्ताले आज तालाबन्दी गरेका छन्। उनीहरुले पार्टी मापदण्ड विपरीत चलेकाले तालाबन्दी गरेको बताएका छन्।
सुजन लामा र राजेश राईको नेतृत्वमा रहेको समूहले पार्टीको इटहरी नगर कमिटी कार्यालयमा तालाबन्दी गरेको हो। इटहरी नगर कमिटी समायोजन अपारदर्शी र मापदण्ड विपरीत गरेकाले माग सुनवाइ नभएसम्मका लागि तालाबन्दी गरिएको उक्त समूहले जनाएको छ।
पार्टीमा इमान्दार, प्रतिवद्ध र क्रियाशिल कार्याकर्तालाई पाखा लगाउने काम तत्काल सच्याउन र प्रतिबद्ध कार्यकर्तालाई कमिटीमा समावेश गर्न उनीहरुले आग्रह गरेका छन्। रासस
3
Shares

प्रतिक्रिया