कला


सर्ट फिल्म ‘बुवा’ लाई पहिलो पुरस्कार

सर्ट फिल्म ‘बुवा’ लाई पहिलो पुरस्कार

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १५:२२,

एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समुहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ। यो प्रतियोगिता थिम बुवा रहेको थियो।

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आवहान गरेको थियो। यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभाहरुलाइै चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको थियो। प्रतियोगितामा ७० वटा भन्दा बढि सर्ट फिल्महरु आएका थिए र निर्णायक मण्डललाई उत्कृष्ट १० विजेताहरु छान्नका हम्मे हम्मे परेको थियो। उक्त निर्णायक मण्डलमा क्युएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाँई रहेका थिए।

यस प्रतियोगिताको मुख्य उदेश्य भनेको युवा प्रतिभालाई आफ्नो सिप र कौशल प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नु र बुवाको मुख हेर्ने दिन ग्राहकहरुका साथ सामाजिक सञ्जाल मार्फत साझा गर्न मिल्ने सामाग्रीहरु हेर्दै यो विशेष दिन मनाउनुरहेको छ। एक विशेष समारोहमाझ बुधबार साझ क्युएफएक्स सिनेमा लबिम मलमा उत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियर सो गरिएको थियो। सो समारोहमा नेपाली चलचित्र उद्योगका गन्यमान्य व्यक्तित्वहरु, चलचित्रकर्मीहरु, दिग्गज कलाकारहरु, प्रतियोगिताका साझेदार र मिडिया क्षेत्रका पाहुनाहरुको उपस्थिती रहेको थियो।

प्रतियोगितामा समावेश भएका र उत्कृष्ट १० मा पर्न सफल सर्ट फिल्महरुका कथाले रचनात्मक र भिन्ना भिन्नै शैलीमा बुवासँग सन्तानहरुका सम्बन्धका बारेमा चित्रण गरेका थिए। एनसेलले यी १० उत्कृष्ट सर्ट फिल्महरुलाई बुवाको मुख हेर्ने दिन आफ्नो सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गर्नेछ। कार्यक्रममा बोल्दै चर्चित कलाकार हरिवशं आचार्यले भने, ‘छोटो समयमा यसरी कथा भन्नु एउटा राम्रो खुबि हो । यसरी नै सिनेमा बनाउदै सिक्दै जाने माध्यम हो र आशा छ उहाँहरुलाई पछि ठूला–ठूला पर्दा देख्न पाउने छौं।’

सोही कार्यक्रममा उत्कृष्ट सर्ट फिल्महरुको नाम सार्वजनिक गर्दै सहभागिहरुलाई आकर्षक पुरस्कार हस्तान्तरण गरिएको थियो। एनसेलका चिफ टेक्निकल अफिसर मोहम्मद अदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेण्ड रनर अपलाई पुरस्कार र अन्य दुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए।

‘कथा कति सशक्त छ र प्रस्तुति कत्तिको राम्रो तरीकाले गरिएको छ भनेर निर्णायक मण्डलले निर्णय गरेका थियौं। सबै एम्मेच्योरहरु भएकाले टेक्निकालिटिज्मा त्यति धेरै ध्यान दिएनांै,’ निर्णायक मण्डलका सदस्य मध्य एक शाहले भने।

कमल सुबेदी र उनको समुहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप रु १ लाख नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन्। यसका साथै यो समुहले निर्देशक आसिफ शाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन्।

त्यस्तै विशाल न्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वस्प रु ७५ हजार नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा प्राप्त गरेकाछन्। द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ ले सेकेण्ड रनर अप बन्दै रु ५० हजार नगद पुरस्कार जित्नुका साथै समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन्।

पहिलो पुरस्कार विजेता समुहका एक सदस्य निश्चल कार्कीले उतm भिडियोको प्रस्तुत कथामा विगत तीन वर्ष देखि काम गरिरहेको बताए र यस भिडियो मार्फत उनीहरुले छोराछोरीले आमाबुवालाई बुढेश कालमा बृद्घाश्रममा छोड्ने सामाजिक समस्यालाइ दर्शाउन खोजेको बताए।

राजा महर्जन ‘बुवा’ र राईजिङ स्टार नेपालको ‘ड्याड, सन एण्ड ल्यापटप’ ले सान्त्वना पुरस्कार हात पारेका थिए। सान्त्वना पुरस्कार अन्तर्गत यी दुई सर्ट फिल्मले रु २५÷२५ हजार का साथै यी दुई सर्ट फिल्म निर्माण समुहका ३÷३ जनाले १० जिबी एनसेल डेटा प्रत्येक महिना १२ महिना सम्म पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad