राजनीति


गृहसचिवले दोर्‍याएर भनेः तराई डुबान भारतीय बाँधका कारण

गृहसचिवले दोर्‍याएर भनेः तराई डुबान भारतीय बाँधका कारण

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १३:२५,

गृहसचिव प्रेम कुमार राईले भारतीय बाँधका कारण तराई डुबानमा परेको भन्दै कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रियसभा अन्र्तगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बिहीबारको बैठकमा बोल्दै उनले तराई जिल्लाका कतिपय स्थानमा सिमासुरक्षा रोडको भारतर्फका ढोका नखोलेकाले तथा बागमती र लालबकैया नदीको तटबन्ध कमजोर भएका कारण रौतहटमा डुबान भएको बताए। गृहसचिव राईले आन्तरिक र सिमा क्षेत्रका समस्या सम्बोधनका लागि स्पष्ट रणनीति बनाउनुपर्नेमा जोड दिए।

उनले बाढी, पहिरो र डुबानको दीर्घकालिन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुने गरी ठोस रणनीति बनाउनुपर्ने बताए।

उनले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलन हुदै गरेको र सबै तथ्यांङ्क आएपछि सरकारले निर्णय गर्ने जानकारी दिए। उनले विपद व्यवस्थापन नियमावलि अनुसार संघीय सरकारले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ उपलब्ध गराउने काम गर्नुको साथै प्रदेशसरकार तहबाट दिईने राहत विरणमा एकरुपता ल्याउनका लागि मापदण्ड बनाउनुपर्ने बताए।

समिति सदस्यहरुले बाढी पहिरो र डुबानको समस्या सम्बोधन गर्ने सरकारको पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने, सिमामा देखिएको समस्या र आन्तरिक समस्याको अध्ययन गरि दीर्घकालिन समाधानका लागि योजना बनाउनुपर्ने तथा तीन तहका सरकारबीच देखिएको समन्वयको अभावलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए।

समितिले बाढी पीडितको अनुगमन प्रतिवेदन सम्बन्धमा गृहमन्त्री, गृहसचिवसँग छलफल गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad