श्री एयरलाइन्सले नयाँ विमान ल्याएको छ। ८० सिट क्षमताको नयाँ जहाज बिहीवार त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
आज आइपुगेको जहाजसहित श्रीसँग ८० सिट क्षमताका दुई ओटा जहाज हुनेछन्। श्रीले यसअघि भदौ १ गते सोही क्षमताको एउटा जहाज ल्याएको थियो।
कम्पनीले क्यानेडियन विमान निर्माता बम्बार्डियरको ‘क्यू ४०० डास ८’जहाज ल्याएको हो। यो जहाजले पोखरा, जनकपुर र सिमरामा उडान गर्ने बताइएको छ।
अन्तर्राष्ट्रिय उडानका साथै आन्तिरक उडानका लागि नयाँ गन्तव्यहरुमा उडान भर्न थप जहाजहरु ल्याउने कम्पनीको योजनाअनुसार नयाँ जहाज ल्याएको श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले बताए।
श्रीसँग हाल बम्बार्डिएरको ५० सिट क्षमताका २ वटा र ७० सिट क्षमताका २ वटा जहाज छन्। श्रीले हाल भैरहवा, नेपालगन्ज, विराटनगर, भद्रपुर र धनगढीमा हवाइ सेवा दिँदै आएको छ।

प्रतिक्रिया