समाज


शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवा पक्राउ

शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवा पक्राउ

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १३:३६,

शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

फरार भएका चापाकोट नगरपालिका– ४ का ३२ वर्षीय लालबहादुर थापा र चापाकोट–५ का ३७ वर्षीय सुक्रे भनिने निर्मल रानालाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

थापा र रानाले मंगलबार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरी कार्यालयको टेबलमा राखिएको शिलबन्दी बोलपत्र च्यातेको प्रहरीले जनाएको छ।

मंगलबार बोलपत्र च्यातेर फरार रहेका दुवैलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad