कोसी प्रदेश पार्टी सभापति पदमा पराजित भएपछि राजनीति त्यागेको घोषणा गरेकी गोमा तामाङ सरिन रास्वपाको बन्द सत्रमा भेटिएकी छिन्। आफू प्रतिनिधि बनेर आएको उनले बताइन्।
तपाईंले त राजनीति त्यागेको घोषणा गर्नु भएको थियो नि...? भन्ने नेपालखबरको प्रश्नमा उनले भनिन्, 'गुटबन्दी गर्ने, पार्टी सकाउन खोज्नेहरुलाई जवाफ दिएको हो, यो जवाफ दिनुपर्ने थियो।’
सोमबार बिहान उनी अरू महाधिवेशन प्रतिनिधिसँग सामुहिक तस्बिर खिचाइरहेकी छिन्। निकै उत्साहका साथ उनले सुनाइन्, 'कोसीमा रास्वपाको जग बसाउने मै हुँ।’
गत जेठ अन्तिममा भएको निर्वाचनमा रास्वपा कोसी प्रदेश समिति सभापतिमा प्रधानमन्त्री वालेन्द्र शाह निकट चन्द्र बहादुर राई निर्वाचित भएका थिए। रास्वपा कोसी प्रदेशको सभापतिमा राईले २८० मत पाएर विजयी हुँदा सरिनले कूल १४१ मत पाएकी थिइन्। त्यसपछि उनले फेसबुकमा लामो पोष्ट गर्दै राजनीतिबाट संन्यास लिएको सार्वजनिक गरेकी थिइन।
प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उनी रास्वपाका लागि २ पटक उम्मेदवार भएकी थिइन्।
यो पनि: के हो रास्वपा भित्रको विवाद, पराजयसँगै किन छाडिन् सरिनले पार्टी?
Shares

प्रतिक्रिया