राजनीति


सांसद अधिकारीको प्रश्नः सम्झौता गरेको एक महिनामै सचिवको सरुवा किन?

सांसद अधिकारीको प्रश्नः सम्झौता गरेको एक महिनामै सचिवको सरुवा किन?

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १०:४७,

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेका कर्मचारी प्रशासनलाई अस्थिर र कमजोर बनाएको आरोप लगाएका छन्।

राष्ट्रिय सभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै उनले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसँग, मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता भएको स्मरण गराउँदै सम्झौताको एक महिना नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको भन्दै सो को कारण बारे सरकारसँग प्रश्न गरे।

उनले प्रश्न गरे, ‘एक वर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामा नै सम्पन्न गरेका हुन् कि? वा तीनले एक महिना भित्रै आफु असक्षम भएको प्रमाणित गरे। वा सम्बन्धित मन्त्रीको रोजाईमा ती परेनन् वा कार्यसम्पादन सम्झौता आफैमा एउटा मजाक थियो?’

राष्ट्रियसभा सदस्य विन्दा देवी आले रानाले राजनीतिक आस्था र पहुँचको आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad