राजनीति


सरकारले चार विश्वविद्यालयका कामु उपकुलपति तोक्यो, त्रिविमा सुधा, कृषि तथा वनमा शारदा

सरकारले चार  विश्वविद्यालयका कामु उपकुलपति तोक्यो, त्रिविमा सुधा, कृषि तथा वनमा शारदा

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १०:५५,

सरकारले त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपति जिम्मेवारी रेक्टर प्रा.डा.सुधा त्रिपाठीलाई दिएको छ।

त्रिभुवन विश्वविद्यालय लगायत नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा उपकुलपतिको म्याद सकिएपछि बिहीबार सरकारले चारै विश्वविद्यालयका लागि कामु उपकुलपति तोकेको हो।

त्रिविमा त्रिपाठीसँगै सरकारले संस्कृत विश्वविद्यालयमा रेक्टर प्रो.रमेश ढकाल, पूर्वाञ्चलमा सिनियर डिन प्रा.डा. बिजुकुमार थपलिया र कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन डा. शारदा थपलियालाई दिइको छ।

उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको कलपतिको हैसियतमा बिहीबार सहकुलपति एवं शिक्षामन्त्रीको उपस्थितिमा भएको सम्बन्धित निकायको बैठकमा कामु उपकुलपति तोकेका हुन्। अहिले चारवटै विश्वविद्यालयका उपकुलपतिको म्याद सकिएको छ।

त्यस्तै सरकारले कुलपतिको नियुक्ति सिफारिसका लागि बनेको त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको ‘सर्च कमिटी’को म्याद यही भदौ २० गतेसम्म थप गर्ने निर्णय गरेको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले नेपालखबरलाई जानकारी दिए।

बैठकले पूर्वाञ्चल र कृषि तथा वनविज्ञान विश्वविद्यालय सेवा आयोग गठन गर्ने निर्णय गरेको केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad