राजनीति


चीनलाई फिलिपिन्सका राष्ट्रपति डुटेर्तेको चुनौती, भनेः मेरो हत्या गरेपनि अडान छाड्दिन

चीनलाई फिलिपिन्सका राष्ट्रपति डुटेर्तेको चुनौती, भनेः मेरो हत्या गरेपनि अडान छाड्दिन

नेपालखबर
जेठ १, २०७८ शनिबार १०:१५,

चीनले आफ्नो हत्या गरेता पनि मरिन्जेल आफ्नो अडानमा अडिग हुने डुटेर्तेको भनाइ रहेको छ।

दक्षिण चीन सागर विवादित सागर मानिन्छ। यसको ९० प्रतिशत पानीमा आफ्नो मात्र अधिकार भएको चीनको दाबी छ।

जसका कारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।

तर चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

आफ्नो सार्वभौमिकता रक्षा गर्न भन्दै पछिल्लो समय फिलिपिन्सले पनि दक्षिण चीन सागरमा सेना र सैन्य जहाज तैनाथ गरेको छ जुन कार्यबाट चीन रुष्ट छ।

चीनले सेना र जहाज हटाउन भनेपछि फिलिपिन्सका राष्ट्रपति डुटेर्तेले आफ्नो हत्या भएपनि अडानमा अडिग हुने बताएका हुन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सुरुवातमा चीनका सयौं माछा मार्ने डुंगा आफ्नो समुद्री क्षेत्र नजिकै पुगेपछि फिलिपिन्सले पनि दक्षिण चीन सागरमा सेना र जहाज पठाएको हो।

यसपटकको विवाद यहीँबाट सुरुवात भएको हो। सो डुंगाहरुमा चिनियाँ लडाकुहरु भएको मनिलाको भनाइ छ।

फिलिपिन्सले आफ्नो विशेष आर्थिक क्षेत्र मानेको दक्षिण चीन सागरको पाग–आसा भनेर चिनिने थिटु आइल्यान्डमा सैन्य उपस्थिती बढाएको हो।

यो क्षेत्र चीनले आफ्नो सेनाहरु तैनाथ गरेको वरीपरी पर्ने बताइएको छ। शुक्रबार राष्ट्रपति डुटेर्तेले फिलिपिन्सले चाँडै त्यो टापुमा आफ्ना नौसेनाको जहाजमा तेल भर्ने सुविधा स्थापना गर्ने बताएका छन्। यस क्षेत्रमा निगरानीको लागि सीसीटीभी पनि राखिनेछ।

तर चीनले सेना तथा जहालाई पछाडि हटाउन चेतावनी दिएपछि डुटेर्तेले भनेका छन्,‘हाम्रो यहाँ आफ्नै अडान छ। म यहाँ अहिले फेरि यो उद्घोष गर्न चाहन्छु कि हाम्रो जहाजहरू पाग–आसामा छन् र हामी यहाँबाट एक इन्च पनि पछाडि सर्ने छैनौं।’

‘तिमीले मेरो हत्या गर्न सक्नेछौं तर म यहाँबाट हट्दिन, यहीं हाम्रो मित्रताको अन्त्य हुनेछ’ डुटेर्तेले भनेका छन्।

चिनियाँ डुंगाहरु आफ्नो विशेष आर्थिक क्षेत्र वरपर देखिएको भन्दै फिलिपिन्स सुरुवातदेखि चीनसँग रुष्ट हुँदै आएको छ।

कोरोना प्रकोपबीच चीनबाट फिलिपिन्सले धेरै सहयोग प्राप्त गरेको थियो। तर अहिले चीनले उसका डुंगाहरु फिलिपिन्सले दाबी गर्ने जलक्षेत्रमा पठाएपछि उ र फिलिपिन्सबीचको सम्बन्ध बिग्रिएको हाे।

यसअघि पनि डुटेर्तेले दक्षिण चीन सागरबाट आफ्ना सेना फर्काउने विषयमा भनेका थिए,‘म यो भन्न चाहन्छु कि हामी कुनै किसिमको समस्या साथै युद्ध चीनसँग चाहँदैनौं। तर हामीलाई सो क्षेत्र छाड्न भनियो भने हाम्रो उत्तर ‘हुँदैन’ हुनेछ। त्यस्ता धेरै विषय छन् जुन वास्तवमा सम्झौताको विषय हुँदैनन्, मलाई आशा छ कि उनीहरूले बुझेका छन्, म मेरो देशको चासोको रक्षा गर्छु।’ एससीएमपी

याे पनि: चीनले दाबी गर्ने सागरमा फिलिपिन्सले सैन्य जहाज पठाउने, डुटेर्तेले भनेः रक्तपात निम्तिनेछ

 आफ्नो समुद्री क्षेत्रमा दुई सय चिनियाँ डुंगा घुसेको भन्दै फिलिपिन्स बन्यो रुष्ट

 चीनले दाबी गर्ने सागरबाट सेना नफर्काउने फिलिपिन्सको भनाइ, भन्योः युद्ध चाहँदैनौं

– फिलिपिन्सको आरोपः बेइजिङ दक्षिण चीन सागरको धेरै क्षेत्र कब्जा गर्न चाहन्छ

– चीनले दाबी गर्ने सागरमा फिलिपिन्स र अमेरिकाद्वारा युद्ध अभ्यास गर्ने घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .