प्रतिनिधिसभा बैठक जारी छ।
बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची छ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार जारी बैठकमा सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची पनि छ।
बैठकको सुरुमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतका विभिन्न विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ।
त्यसैगरी समितिहरूको पुनर्गठनपछि विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकमा मन्त्रालयगत रूपमा छलफल हुनेछ।
आज ९ वटा मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।
जसमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालय छन्।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची छ।

प्रतिक्रिया