राजनीति


हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह

हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह

नेपालखबर
असार १, २०८३ सोमबार ९:४०, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साताभरि कामपछि हुने बिदाका दिन आफू जिस्किने गरेको बताएका छन्। 

सार्वजनिक बिदाका दिन आइतबार साँझ फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेको तस्बिरसहित ‘देश बनाउने टोली’ लेखेको तीन घण्टापछि उनलेे अर्को पोस्ट गरेका हुन्। 

दोस्रो स्टाटसमा उनले लेखेका छन्, ‘हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन..दु:ख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु।’

सम्भवत: प्रधानमन्त्री शाहले फेसबुकमा गरिने पोस्टलाई मानिसले हल्का रूपमा लिन सक्छन् भनेर उक्त स्पष्टीकरण दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad