ad ad

समाज


नेपालमा कोरोनाविरुद्धको खोप कतिले लगाए ?

नेपालमा कोरोनाविरुद्धको खोप कतिले लगाए ?

नेपालखबर
जेठ १, २०७८ शनिबार ९:३७,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाईसकिएको बताएका छन्।

खोप लगाउने क्रम जारी रहेको पनि उनको भनाई छ। नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले जानकारी दिए।

सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको जानकारी दिए।

त्यस्तै चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनको भनाई छ।

त्यसमध्ये २५ लाख डोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा. अधिकारीले बताए।

७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भएपनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाई छ।

भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए।

यद्यपी भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उनको भनाई छ।

स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि अधिकारीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .