राजनीति


प्रधानमन्त्री बालेनको जीवन शैली: काममा कडा, बिदामा ‘चिल’

प्रधानमन्त्री बालेनको जीवन शैली: काममा कडा, बिदामा ‘चिल’

नेपालखबर
असार १, २०८३ सोमबार १०:४६, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्व, राजकाज, शासकीय शैलीका लागि जति चर्चित छन् त्योभन्दा बढी जीवनशैलीका कारण उनको चर्चा हुने गरेको छ। 

आइतबार फेरि उनी भाइरल भए। 

एउटा फेसबुक स्टाटसले यतिबेला सिंहदरबारदेखि चियापसल र सामाजिक सञ्जालदेखि समाचार कक्षसम्म नयाँ बहस छेडिदिएको छ।

यसअघिका प्रधानमन्त्रीहरू भन्दा विल्कुल फरक छन्। कार्यालय समयमा उनी निवासमा भेटिँदैनन्। सिंहदरबार आउँछन् र काम केन्द्रित हुन्छन्। आफ्नो दैनिक तालिका हेर्छन्। अरु कर्मचारीभन्दा खटिएर काम गर्छन्। अरुको कुरा पोइन्ट–पोइन्टमा सुन्छन्। निर्देशन दिनेहरुलाई पनि त्यही शैली अपनाउँछन्। 

हप्ताभरि राजकाज, शासन केन्द्रित जिम्मेवारीमा व्यस्त रहने बालेनले आफ्नो साप्ताहिक विदा भने पूरै पारिवारिक र अनौपचारिक बनाउने गरेका छन्। 

आइतबार ‘विकेन्ड’को मुड सेयर गर्दै फेसबुकमा उनले लेखेका छन्, ‘हप्ताभरि काम गरेर म विदाको दिन जिस्किन्छु। यो समस्या होइन। दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु!’

पश्चिम युरोपतिर एउटा भनाई छ, ‘वर्क हार्ड, पार्टी हार्डर!’ अर्थात् यस्तो कडा जीवनशैली जसको ध्यान र कोसिस सतप्रपतिशत काममा समर्पित रहन्छ। तनाव काम गर्न सामाजिक र मनोरञ्जनात्मक गतिविधि नछोडी सन्तुलित जीवन बाँच्छ। 

विदाको दिन बालेन

बालेनको जीवनशैली ठ्याक्कै यस्तै देखिन्छ। कार्यालय समयको दिन एक एक-एक मिनेट हिसाब लगाउँदै काम गर्ने। निकटस्थहरु भन्छन्– उनले टू द पोइन्ट कुरा गर्छन्। विकास र विज्ञका कुरा सुन्ने पनि उनको बानी छ।

विदाको दिन भने उनी आफ्नो पुरानै ‘चिल’ पारामा बिताउँछन्।

आइतबार त्यस्तै ‘चिल’ शैलीमा देखिए। संखमुलस्थित एउटा चिया पसल पुगे। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले ‘चियादानी’ नामको चिया पसल चलाउँछन्।

दिउँसो सिमसिम पानी परिरहँदा उनी त्यहीँ थिए। छाता ओडेर चिया पसलमा मुस्कुराइरहेको भिडियो सोमबार सामाजिक सञ्जालमा फैलिएका छन्। त्यहाँ उनका स्वकीय सुवास शर्मा र अरु साथीहरु पनि देखिन्छन्।

र्‍यापर पृष्ठभूमिका बालेनको फेसबुकमा यसै हाँसीमजाक किसिमका ‘वान लाइन’ पोष्टमा पनि केही घण्टामै हजारभन्दा बढी कमेन्ट आइसक्छन्। उनका सयौँ फ्यानहरुले पोष्टलाई सेयर गरेर आफ्नो टाइमलाइनमा सार्छन्।

अर्को विदाको दिन बालेन
देशको प्रधानमन्त्रीले यसरी समय बिताउँदा के हुन्छ ?

समर्थकहरु भन्छन्, काम गर्ने मान्छेलाई आराम चाहिन्छ। विदाको दिन जिस्किने पूरा अधिकार छ। आखिर मान्छे नै त हो।

आलोचकहरु भन्छन्, प्रधानमन्त्रीजस्तो पदमा बसेर यसरी हाँसी मजाक गर्न सुहाउँछ र ?

समर्थक र आलोचकले भनेका कुरा एकातिर छन्। 

यो पक्का हो, बालेनले आफ्नो फेसबुक अकाउन्टबाट दैनिक अमेरिकी डलर कमाइरहेका छन्। २४ घण्टाभन्दा कम समयमा एक लाखभन्दा बढी लाइक, ११ हजार कमेन्ट, ८ सयभन्दा बढी सेयर भएको एउटा फेसबुक पोष्टले कति कमाउला? अनुमान लाउनुहोस्!

यो पनि: कालो चस्मा र सेतो भेषमा फेसबुकमा झुल्किए प्रधानमन्त्री बालेन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad