लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान मन्त्रीपरिषद्को बैठक राखी संसद अधिवेशन अन्त्य गराएका छन्।
उनीनिकट स्रोतका अनुसार प्रदेश सभा अन्त्य गराएपछि मात्र मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएका थिए।
राजीनामालगत्तै पोखरेलले एमालेको प्रदेश संसदीय दलको बैठक राखेर आँफैलाई मुख्यमन्त्री बनाउने निर्णय गराएका छन्।
‘आज बिहान क्याविनेट बसेर प्रदेश सभा अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुभएको हो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘त्यसपछि आजै एमाले संसदीय दलको बैठक बसेर मुख्यमन्त्रीमा शंकर पोखरेललाई बनाउने निर्णय पनि गरेको छ।’
यो पनिः माधव नेपाल पक्षबाट ‘फ्लोर-क्रस’ हुने सन्त्रासले मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
लुम्बिनी प्रदेशमा एमालेका ४१ सांसद छन्। उनले आफूसँग बहुमत रहेको भन्दै प्रदेश प्रमुख समक्ष निवेदन पेश गरिसकेका छन्।
‘मुख्यमन्त्रीका रुपमा पोखरेलले आजै नियुक्ति पाउनुहुनेछ,’ स्रोतले भन्यो, ‘आजै उहाँले पदबहाली गर्नुहुनेछ। पदबहालीको तयारी भइसकेको छ।’
बैशाख ६ गते उनीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको थियो। सो प्रस्तावमाथि छलफल नै नगरी मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएका थिए।
यो पनि :
प्रतिक्रिया