राजनीति


मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

नेपालखबर
काठमाडौं, बैशाख १९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि बहुमत आधारमा सरकार बनाउन भन्दै पोखरेलले राजीनामा दिएका हुन्।

पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले उनले राजीनामा दिएको पुष्टि गरे।

‘मुख्यमन्त्रीले संविधानको १६८ (२) अनुसार गठन भएको यो सरकार अब १६८ (१) अनुसार गठन गर्न राजीनामा दिनुभएको हो,’ प्रेस सल्लाहकार केसीले आइतबार बिहान नेपालखबरसँग भने, ‘अब नयाँ प्रक्रिया अघि बढ्छ।’

मुख्यमन्त्री पोखरेलको पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएकाे थियो।

उनीविरुद्ध दर्ता अविश्वास प्रस्ताव टुंगो लगाउन भन्दै आह्वान गरिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजै सुरु गरिँदैथियो। त्यसअघि नै उनले पदबाट राजीनामा दिएका हुन्।

यो पनि : मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउन आजदेखि विशेष अधिवेशन

बैशाख १९, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .