ad ad

कारोबार


केन्ट आल्प्स प्लस यूभी एयर प्युरिफायर नेपाली बजारमा, मूल्य ४९ हजार ९९० रुपैयाँ

केन्ट आल्प्स प्लस यूभी एयर प्युरिफायर नेपाली बजारमा, मूल्य ४९ हजार ९९० रुपैयाँ

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ६:४४,

नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्था ईओएल प्रालिले केन्ट आल्प्स प्लस युभी एयर प्युरिफायर बजारमा ल्याएको छ।

मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ पर्ने नयाँ एयर प्युरिफायर नेपालभरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध हुने गरी कम्पनीले बजारमा ल्याएको हो।

सबै नयाँ यूभी कीटाणुनाशक सुविधाको साथ, प्युरिफायरले हावाबाट खतरनाक कणहरू हटाउनको लागि हेपा टेक्नोलोजी पनि प्रयोग गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले भनेको छ, ‘हेपा फिल्टरसँग पीएम २.५ सूक्ष्म कणहरु (९९.९९ प्रतिशतसम्म निकाल्छ), परागकण, एलर्जेन्स, सतह पालन गर्ने मोल्ड, फाइन डस्ट र धेरै समय हावामै बसिरहने गन्धहरूजस्ता चुरोटको धूवाँ, नराम्रा गन्ध वा पालतू जनावरको गन्ध र इनडोर कार्सिनोजेन कणहरू समात्ने पनि क्षमता हुन्छ।’

यूभी कीटाणुशोधनसँग केन्ट आल्प्स प्लस एयर प्युरिफायर एक उच्च सीएडीआर र ४०० मि.३/घण्टाको उच्च क्षमतासँग आउने कम्पनीको भनाइ छ।

जुन ४३० वर्गफिटको क्षेत्रफलको लागि आदर्श मानिन्छ। केही अन्य सुविधाहरूमा इन्टेलिजेंन्ट एयर क्वालिटी निगरानी, र फिल्टर प्रतिस्थापन सूचकहरू, चाङल्ड लक र कम आवाज अपरेशनहरू सामेल छन्।

केन्ट आल्प्सले शुद्धीकरण प्रणालीको संयोजनका साथै फिल्टरहरूको सेट प्रयोग गर्दछ। तीन चरणको निस्पन्दन प्रक्रियाले वायु शुद्धीकरणको उत्कृष्टस्तर दिने कम्पनीको दाबी छ।

केन्ट एयर प्युरिफायरले परीक्षण गरिएको र विश्वासिलोे अद्वितीय डिजाइन गरिएको प्राथमिक फिल्टर प्रयोग गर्दछ।

डिफेन्सको पहिलो लाइनले ठूलो र दृश्य प्रदूषकहरू हटाउँछ। जस्तै ठूलो कण धुलो, कोबवेब, मलबे, मानव र घरपालुवा जनावरको कपाल; त्यस पछि सक्रिय कार्बन फिल्टरले धुवाँ सहित सबै गन्ध हटाउँछ।

उच्च जापानी प्रविधिसँग विकसित हेपा टेक्नोलोजीले क्यासिनोजेनिक कणहरू जस्तै ब्याक्टेरिया, परागकण, एलर्जन, मोल्ड, डस्ट आदि समात्दछ र पासोमा पार्दछ र स्वछ हावा प्रदान गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .