राजनीति


उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार पक्राउ, राज्यविरुद्ध कसुर गरेको आरोप

उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार पक्राउ, राज्यविरुद्ध कसुर गरेको आरोप

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ८:१५,

नेपाल प्रहरीले उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकारलाई कार्यालयबाटै पक्राउ गरेको छ।

आइतबार दिउँसो अनिस भन्ने श्यामबहादुर तामाङ र प्रभात भन्ने दुर्गालाल तामाङलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो।

उक्त अनलाइनले केहीदिन पहिले भारतीय 'रअ' प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच ४ बुँदे सहमति भएको भन्दै समाचार प्रकाशन गरेको थियो।

तर गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि अनलाइनले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ।

तर प्रहरीले राज्यविरुद्ध र लिखतसम्बन्धी कसुरको आरोपमा उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad