समाज


परीक्षण गरेका ९० प्रतिशत डाक्टर–नर्समा कोरोना देखिएपछि अस्पताल नै बन्द

परीक्षण गरेका ९० प्रतिशत डाक्टर–नर्समा कोरोना देखिएपछि अस्पताल नै बन्द

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ८:८,

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल एक साताका लागि बन्द भएको छ।

अस्पतालका डाक्टर, स्टाफ नर्स र प्रशासनिक कर्मचारीमा कोरोना संक्रमण भएपछि अस्पतालले सूचना जारी गर्दै एक साताका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो।

पीसीआर परीक्षण गरिएकामध्ये ९० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

‘अस्पतालमा बिरामीको सेवामा खटिएका कर्मचारीहरु नै कोभिड–१९ बाट प्रभावित भएको अवस्थामा अस्पतालले बिरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै २०७८ वैशाख १२ गतेदेखि १८ गतेसम्म एक हप्ताका लागि इमरजेन्सी बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ’, अस्पतालको सूचनामा उल्लेख छ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा नेपालगन्ज र आसपासका क्षेत्रहरु पनि बढी प्रभावित भएका छन्।

सूचनाः

SushilKoiralaCancerHospital notice

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad