राजनीति


म्यान्मारका सेना मृतक प्रदर्शनकारीको परिवारलाई भन्छन्ः शव चाहिन्छ भने पैसा देऊ

म्यान्मारका सेना मृतक प्रदर्शनकारीको परिवारलाई भन्छन्ः शव चाहिन्छ भने पैसा देऊ

नेपालखबर
चैत ३०, २०७७ सोमबार ११:४९,

सेना तथा प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको अधिकारवादी संस्थाहरुले बताएका छन्।

म्यान्मारमा गत फेब्रुअरी १ मा लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सेनाले सत्ता हत्याएका हुन्।

त्यस दिनदेखि त्यहाँ लगातार लोकतन्त्र पुनस्र्थापनाको माग गर्दै प्रदर्शन भइरहेको छ।

आन्दोलन रोकिने अवस्था नदेखिएपछि सत्ता टिकाइ रहन यतिबेला सेना र प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउने गरेका छन्।

गतहप्ताको शुक्रबार सेनाले बागो क्षेत्रमा गोली प्रहार गरी एकैदिन ८२ प्रदर्शनकारीको हत्या गरेका थिए।

Myanmar coup: Mass protests defy military and gridlock Yangon - BBC News

म्यान्मारको सैन्य दमनलाई निगरानी गरिरहेको अधिकारवादी समूह एएपीपीका अनुसार सेनाले गत शुक्रबार मारिएका ८२ जना शव आफैंले लिएर गएको छ।

यतिबेला सेनाले ती मृतकको आफन्तलाई शवको बदलामा पैसा मागेको एएपीपीको भनाइ छ।

सेनाले शव फिर्ता लिनको लागि मृतकका परिवारले ८५ अमेरिकी डलर तिर्नुपर्ने बताएको यस संस्थाको भनाइ छ।

धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए।

एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ। सीएनएन

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी

म्यान्मारका जनतामाथि सेनाको हवाई कारवाही, बम आक्रमणपछि ३ हजार थाइल्यान्ड भागे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad