नोकिया फोन र सहायक उपकरणहरुको घर एचएमडी ग्लोबलले ६ नयाँ स्मार्टफोन–नोकिया एक्स २०, नोकिया एक्स १०, नोकिया जी २०, नोकिया जी १०, नोकिया सी २०, र नोकिया सी १० हरुलाई तीन वटा फरक लाइनहरुमा सुव्यवस्थित गरेर आफ्नो सबैभन्दा ठूलो लन्चको घोषणा गरेको छ।
टप अफ द रेन्ज नोकिया एक्स सिरिज, इन्टरमिडिएड जी सिरिज र इन्ट्री लेभल सी सिरिज सबै फोनहरुले क्वालिटी अनूभव प्रदान गर्दछ जुन सबै उपभोक्ताहरुले युरोपेली मोबाइल कम्पनीबाट अपेक्षा गरेका हुन्छन्।
उत्पादनहरु जुन भित्र र अन्तिममा निर्माण गरिएको छ। त्यसको लागि उद्योगका अग्रणी सुरक्षा, उच्च ड्युराबिलटी र नवीनतम सफ्टवेर प्रदान गर्ने वाचाका साथ स्थापित भएका उद्योगलाई धन्यवाद दिन जरुरी छ।
एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेशेले बितेको १२ महिना चुनौतीपूर्ण भए पनि कम्पनीलाई रोकिन, सोच्न र सुरु यात्राको अर्को ठूलो चरणको लागि तयार गर्न समय दिएको बताए।
उनले भने, ‘एक फिनिस कम्पनीको रुपमा हाम्रो टेक्नोलोजी र व्यवसायको दृष्टिकोण भनेको मानव–प्रथम हो र यो कुरा नयाँ स्मार्टफोनको रेन्जमा पनि प्रतिबिम्बित हुन्छ। हामी चाहन्छौँ कि मानिसहरुले आफ्नो फोनलाई माया गरुन्।’
एक्स सिरिज नोकिया एक्स २० र नोकिया एक्स १० का साथ लन्च हुँदै
नयाँ पोर्टफोलियोको शीर्ष स्थानमा नोकिया एक्स २० र नोकिया एक्स १० रहेका छन्।
मध्यदायराको सिमानालाई धकेल्दै यी स्मार्टफोनहरुले आफ्नो मूल्य ट्याग भन्दा धेरै अनुभव र गुण प्रदान गर्दछ। दुवै लेटेस्ट क्वालकम स्न्यापड्रागनटीएम ४८० ५ जी मोबाइल प्ल्याटफर्म द्वारा संचालित यो फोनले डिफाइंग प्रदर्शन र वास्तवमै ग्लोबल ५जीको प्रदान गर्दछ।
सिग्नेचर नोर्डिक डिजाइन जसले सबै नोकिया स्मार्टफोन्सलाई प्रेरणा दिदै थप तीन वर्षको सुरक्षा र सफ्टवेयर अप्डेट एक्स्ट्रा पिस अफ माइन्डका लागि प्रयोगमा ल्याएको छ। क्लिन एन्ड्रोइड टीएम इन्टरफेसमा प्रस्तुत यी ह्यान्डसेटहरु एन्ड्रोइड ११ को साथ आउँछन्।
जी सिरिज नोकिया जी २० र नोकिया जी १० का साथ लन्च हुँदै
जी सिरिजले सीधा समस्या समाधान प्रविधिको माध्यमबाट तपाईँको सबै दैनिक आवश्यकताहरुलाई प्रदानको सही सन्तुलन मिलाउने प्रतिनिधित्व गर्दछ।
जी रेन्जका दुवै फोनहरुमा रहेका सुविधाहरु भनेको यसको तीन दिनको ब्याट्री लाइफ हो–जुन नोकिया स्मार्टफोनहरु मध्ये अहिलेसम्म कै लामो हो। नोकिया जी २० लाई नोकिया स्मार्टफोनमा उपलब्ध भएको सिग्नेचर एन्ड्रोइड प्रोमिसले सर्पोट गरेको छ।
यो भनेको तपाईँको डेटालाई सकेसम्म सुरक्षित राख्ने मद्दतको लागि मासिक सुरक्षा अपडेटहरुको तीन वर्ष र ओएस अपडेटको दुई वर्ष हो। पहिलो सदस्यहरुले सिग्नेचर लन्गीभिटी,
इम्प्रुभ्ड सेक्युरिटीका साथ जी सिरिजमा सामिल भएका थिए र यसको कारण भनेकै फेस र साइड फिन्गरप्रिन्ट अनलक र प्रभावशाली ६.५ इन्च टियरड्रप डिस्प्ले हो जुन ब्राइटनेस बुस्टका साथ उपलब्ध छ।
सी सिरिजले नोकिया सी २० र नोकिया सी १० थप गर्देै
आश्चर्यजनक मूल्यमा ल्याउँदै सी सिरिजले उच्चगुणवत्ता स्मार्टफोन टेक्नोलोजी सबैको लागि पहुँचयोग्य बनाएको छ। थप गरिएका फिचर्सहरुमा वाइड ६.५ इन्च एचडीं डिस्प्ले हो जुन सुपत मूल्यमा उपलब्ध छ।
एन्ड्रोइड ११ टीएम (गो संस्करण) को साथ २० प्रतिशत छिटो रफ्तार र सुधारिएको सुरक्षा सुविधाहरुका साथै नोकिया स्मार्टफोनको ड्युराबिलिटीे दुई वर्षको लागि त्रैमासिक सुरक्षा अपडेटहरुकासहित उपलब्ध छन्।
२०१६ सालको अन्त्य सम्म दुई नयाँ एन्ड्रोइड पावर डिभाइसहरु जारी गरेर नोकिया स्मार्टफोनले नेपाली बजारमा पुनः वापसी गरेको छ।
एचएमडीले गुगलको एन्ड्रोइड नौगट ओएसलाई आफ्नो शुद्ध रुपमा प्रस्तुत गरेर एन्ड्रोइड संचालित नोकिया स्मार्टफोनहरु पेश गरेर एउटा अनौठो दृष्टिकोण अपनायो जसको अर्थ कुनै बन्डल्ड थर्ड पार्टी एप, कुनै पनि युआई कस्टोमाइजेशन, र नियमित सुरक्षा अपडेटहरु छैन।
नोकियाले आफ्नो वापसी गरेको छ र पहिलेको जस्तो सबैभन्दा उत्तम मोबाइल फोनहरुको रुपमा आफ्नो स्थान स्थापना गर्न सुरु गरेको छ। उनीहरुको ट्यागलाइन “कनेक्टिङ पिपल” को साथ केवल शब्दहरुमा मात्र सीमित गर्नुको सट्टा उनीहरुले शाब्दिक रुपमा वास्तविकतामा अभ्यास गरेर उनीहरुले अविश्वसनीय काम गरेका छन्।

प्रतिक्रिया