राजनीति


च्यातिएको छातादेखि रविको गाडीसम्म: प्रधानमन्त्री शाह चितवनमा

च्यातिएको छातादेखि रविको गाडीसम्म: प्रधानमन्त्री शाह चितवनमा

सरकारी गाडी छोडेर रवि लामिछानेको गाडीमा हुइँकिएका थिए बालेन


नेपालखबर
असार ८, २०८३ सोमबार २०:५४, काठमाडौँ

प्रधानमन्त्री बनेपछि आइतबार पहिलो पटक बालेन्द्र शाह (बालेन) सार्वजनिक समारोहमा सहभागी हुन बालुवाटार बाहिर निस्किए।

पार्टीको महाधिवेशनमा सम्बोधन गर्ने तालिका थियो। चितवनमा उनलै निकै प्रभावशाली भाषण गरे। विपक्षीले उठाएका सवालहरुको जवाफ दिन भ्याएका उनले सरकारको शासकीय शैलीबारे प्रस्ट्याउँदै आगामी दिनमा कस्तो शासन चल्नेछ भन्ने पनि संकेत गरे। आइतबारको रात सपरिवार उनी शक्तिखोरस्थित एउटा रिसोर्टमा बास बसे।

प्रधानमन्त्री शाहको काठमाडौंदेखि चिवतनसम्मको २० मिनेटको हवाई यात्रा, महाधिवेशन उदघाटन र भरतपुर बसाइ क्रममा केही खास दृश्यहरु देखिए। ती ठूला राजनीतिक विषय थिएनन् तर ती निकै रोचक दृश्य थिए।

१. निजी जीवनमा सतर्क
प्रधानमन्त्री हुनुभन्दा अगाडि नै बालेन युवाको धड्कन भइसकेका गायक हुन्। सबै सेलिब्रेटीहरुको एउटा झन्झट के हो भने उनीहरुको निजी जीवन आफूसँग सीमित पार्न चनाखो भइरहनुपर्छ। प्रधानमन्त्री शाह सोमबार सपरिवार काठमाडौंबाट भरतपुरको उडानमा जाँदा पनि त्यस्तै भयो।

मुलुकको कार्यकारीलाई प्रोटोकलअनुसारको सुरक्षाघेरा हुने नै भयो तर बुद्ध एयरको जहाजभित्रै रहँदा पनि कसैले उनको फोटो खिच्न पाएन, अटोग्राफ लिन सकेन। 

२. एउटै गाडीमा रवि बालेन
रास्वपा महाधिवेशनको उदघाटन सत्र हुने समयमा भरतपुरमा झमझम पानी परिरहेथ्यो। कांग्रेस सभापति गगन थापासहितका विभिन्न दलका नेताहरु मञ्चमा आइपुगिसकेका थिए। त्यही झरीमा सेतो रंगको निजी नम्बर प्लेट भएको एउटा टोयटा ल्यान्ड क्रुजर—२५० गाडी हुँकिँदै सभास्थलमा पुग्यो। त्यो गाडीको रास्वपा सभापति रवि लामिछाने आफैँले चलाएका थिए। सँगैको दाहिने सिटमा थिए– प्रधानमन्त्री बालेन्द्र शाह।

रास्वपा सभापतिले हाँकेको प्रधानमन्त्री सवार गाडी आइपुगेपछि सुरक्षाकर्मी सतर्क हुँदै ढोकामै पुगे। तर रवि ओर्लिएर ढोका नखोलेसम्म उनी गाडीबाट तल ओर्लिएनन्। देशका कार्यकारी प्रमुखले सरकारी गाडी र औपचारिक सुरक्षा प्रोटोकल छोडेर रविले चलाएको निजी गाडीमा सवार हुँदा उनीहरुबीचको कसिलो सम्बन्ध र आत्मियता सबैले देख्न पाए।

३. बालेनले ओडे फाटेको छाता
यसअघि शासन, सत्तामा पुगेका विरिष्टहरू जस्तो सुरक्षाकर्मी कँज्याउने बानी प्रधानमन्त्री शाहको देखिँदैन। अहिलेसम्म सार्वजनिक स्थानमा उनले सुरक्षाकर्मी वा अरुले ओडाइदिएको छाता ओडेको देखिएको छैन।

रविको गाडीबाट ओर्लिने क्रममा सुरक्षाकर्मी छाता ओडाउन तैनाथ थिए। उनले छाता मागे र आफैँ ओडेर अघि बढे। मञ्चमा पुग्न दुई–चार पाइला मात्र थियो, बालेन खासै भिजेनन्।

यो बालेन-रवि बसेको समयको फोटो होइन। रिसोर्टले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोष्ट गरेको फोटो हो।

४. शक्तिखोरको रिसोर्टमा बास, हे बरैको भिडियो क्याप्चर
जगजाहेर कुरा नै हो बालेन संगीतका ठूलो पारखी हुन्। आइतबार दिनभरि रास्वपाको महाधिवेशन उदघाटन समारोहमा व्यस्त उनी कार्यक्रम सकिएपछि शक्तिखोर क्षेत्रमा रहेको लटौली सेञ्चुरी रिसोर्ट पुगेका थिए। रविले उनलाई त्यहाँ लगेका हुन्।

मध्यरातमा बालेनले रविका स्वकिय सचिव अविनाश (प्रदीप) आचार्यले झलकमान गन्धर्वको ‘हे बरै, बाबाले सोध्लान् खोई छोरा भन्लान्’ भन्ने गीत गाए। प्रधानमन्त्रीले भिडियो खिचे र मध्यरातमा फेसबुकमा पोष्ट गरे। त्यो भिडियोको ग्लासमा बालेन आफैँले मोबाइलबाट खिचिरहेको देखिन्छ।

रवि र बालेन दुवै नेताको परिवार शक्तिखोरस्थित त्यही रिसोर्टमा बसेको छन्। अनलाइन बुकिङ ट्राभल एजेन्सी बुकिङ डट कमका अनुसार यो खासै महँगो पनि छैन। रिसोर्ट डिलक्स कोठामा २ रात २ जना वयष्क र एक जना बच्चा बसेको मूल्य २४ हजार १५० रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad