राजनीति


माधव नेपाल खेमामा लागेका अनेरास्ववियुका तीन नेता संगठनबाट निष्कासित

माधव नेपाल खेमामा लागेका अनेरास्ववियुका तीन नेता संगठनबाट निष्कासित

नेपालखबर
चैत २४, २०७७ मंगलबार ४:५५,

नेकपा (एमाले)को माधव नेपाल खेमामा लागेका अनेरास्ववियुका तीनजना निवर्तमान सचिवलाई अनेरास्ववियुले संगठनबाट निष्कासन गरको छ।

निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जनाएका छन्।

महरले मंगलवार बिहान विज्ञप्ति जारी गरि तीन जना निवर्तमान सचिवलाई संगठनबाट निष्कासन गरिएको जानकारी दिएका छन्।

केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सहअध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए।

हेर्नुस् विज्ञप्ति:

akhil bigyepti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad