राजनीति


धरापमा कर्णाली प्रदेश सरकार, एमालेतर्फका ३ मन्त्रीले आज राजीनामा दिँदै

धरापमा कर्णाली प्रदेश सरकार, एमालेतर्फका ३ मन्त्रीले आज राजीनामा दिँदै

नेपालखबर
चैत २४, २०७७ मंगलबार ४:२२,

कर्णाली प्रदेश सरकारमा एमालेतर्फका ३ मन्त्रीले आज (मंगलबार)) पदबाट राजीनामा दिँदै छन्।

एमालेको कर्णाली प्रदेश संसदीय दलले दिएको निर्देशनअुनसार आज सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिने भएका हुन्।

आइतबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

यही चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले नै शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो तर नेपाल–खनाल पक्ष असहमत भएको थियो। तर पछिल्लो समय यस विषयमा एमाले एक भएको हो।

आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकअगाडि नै उनीहरूले राजीनामा दिने एक जना एमाले नेताले जानकारी दिएका छन्।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले आफ्नातर्फबाट बनेका ३ मन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो।

कूल ४० सांसद रहेको कर्णाली प्रदेश सभामा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा परेको छ। माओवादी केन्द्रसँग १३ सांसद मात्र छन्। कूल ४० सांसद रहेको कर्णाली प्रदेश सभामा सरकार टिकाउन अब उसलाई २१ सांसदको समर्थन चाहिन्छ। अन्यथा सरकार ढल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad