सोही दिन हालका शासक तथा सेना प्रमुख मिन अङ लाइङले सेना तथा प्रहरीका लागि भव्य पार्टी ‘भोज कार्यक्रम’को आयोजना गरेको सीएनएनले जनाएको छ।
गत शनिबार सैन्य कू भएयताकै सबैभन्दा बढी मानिस सेना तथा प्रहरीको गोली लागेर मरेका थिए।
उक्त घटनालाई विश्वले नरसंहारको रुपमा हेरेको छ। गत फेब्रुअरी एकमा लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति मिन विन्टसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सेनाले सत्ता हत्याएका थिए।
सुचीको पार्टीले धाँधली गरेर चुनावमा बहुमत ल्याएको सेनाको आरोप छ। एक वर्षपछि आम चुनाव गराएर मात्र बहुमत ल्याउने पार्टीलाई सरकार सुम्पने सेनाको भनाइ छ।

तर सुरुवातदेखि मानिसहरुले सेनाको शासनविरुद्ध प्रदर्शन गरिरहेका छन्। हालसम्म ५ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ, यद्यपी सेनाले सर्वसाधारणमाथि गोली चलाउन छाडेको छैन।
संयुक्त राष्ट्रसंघ, अमेरिका लगायत विश्वभरबाट अमानवीय घटनाको विरोध भइरहँदा सेना प्रमुख लाइङले आन्दोलनमा उत्रिए सेनाको गोलीले शिर, छाती तथा ढाँडमा लाग्नसक्ने चेतावनी दिएका छन्।
यसबीचमा गत शनिबार सबैभन्दा बढी प्रदर्शनकारी मारिएको दिन उनले सेना र प्रहरीको लागि भोज कार्यक्रम आयोजना गरेका हुन्।
जनता मारेर भोज कार्यक्रम संचालन गरेको भन्दै विश्वभरबाट म्यान्मारका सेना प्रमुखको कडा शब्दमा आलोचना भएको छ।
सेनाहरुले बालबालिकामाथि पनि गोली चलाएको सेभ द चिल्ड्रेनले जनाएको छ। हाल हेलिकप्टरमार्फत पनि विभिन्न स्थानमा आक्रमण भएको खबरहरु आएका छन्।
![]()
याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति
म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!
म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं
म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी
म्यान्मारका जनतामाथि सेनाको हवाई कारवाही, बम आक्रमणपछि ३ हजार थाइल्यान्ड भागे

प्रतिक्रिया