राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहिबार बिहानपछि जारी छ। पछिल्लो अपडेटअनुसार २ हजार ३ सय मत खसेको छ।
पार्टी सभापति रवि लामिछाने मतदान केन्द्र आउँदैछन्। उनले केन्द्रीय सदस्य उम्मेदवारका लागि भोट गर्नेछन्।
विद्युतीय भोटिङ मेसिन प्रयोग गरी भइरहेको मतदान उद्योग संघको हलमा जारी छ। ३ हजार ८ सय मत खस्ने अनुमान निर्वाचन आयोगको छ।
रास्वपाका अनुसार विदेशमा रहेका प्रतिनिधिले उतैबाट मोबाइल एपबाट मतदान गर्ने व्यवस्था गरिएको छ।
रास्वपाको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्य चयन भइसकेपछि पदाधिकारीको निर्वाचन हुनेछ।
195
Shares

प्रतिक्रिया