राजनीति


नेकपाको खारेजी परीक्षामा फेल भएर उही कक्षामा बसेजस्तै हो : ओली

नेकपाको खारेजी परीक्षामा फेल भएर उही कक्षामा बसेजस्तै हो : ओली

नेपालखबर
चैत १७, २०७७ मंगलबार १०:५२,

प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपा खारेज गर्ने निर्णण स्वभाविक भएको बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लवको २३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपा खारेज गर्ने निर्णय परीक्षामा फेल भएर उनी कक्षामा फर्किनुजस्तो भएको बताएका हुन्।

उनले नेकपा नाम अर्को पार्टीसँग मिल्न गएका कारण खारेज भएको बताउँदै अर्काेसँग नाम मिल्न जाँदा खारेज हुनु स्वभाविक भएको बताए।

‘मेरै पार्टीको नामसँग ठ्याम्मै मिल्नेगरी अर्को पार्टी दर्ता गरेर हाम्रो हाम्रो अस्तित्व नामट पार्नै काम भयो, इन्साफ पाऊँ भनेर उसले निवेदन दर्ता गर्यो।’, उनले भने, ‘अदालतले फैसला गर्यो, ठीकै हो अर्काको नाममा दर्ता गर्न पाइँदैन त्यो दर्ता खारेज भो, दर्ता खारेज भइसकेपछि तपाईंले एउटा क्लास पास गर्नु भयो, अर्को कक्षामा गएपछि जाँच दिनु भयो, फेल हुनुभयो भने फेरि उही क्लासमा फर्किदैन? उनी क्लासमा फर्किन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad