चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मध्यरातिदेखि मतदान जारी छ।

बुधबार राति साढे १२ बजेदेखि विद्युतीय भोटिङ मेसिनबाट जारी मतदान आज दिउँसो १२ बजेसम्म चल्ने रास्वपाको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

यसअघि निर्वाचनको समय-तालिका पटकपटक सारिएको थियो।
रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्।
177
Shares

प्रतिक्रिया