राष्ट्रिय स्वतन्त्र पार्टीको
केन्द्रीय समितिको बैठक आज (शनिबार) चितवनमा बस्ने भएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे होटल सीएमटीको बैठक हल (भरतपुर, चितवन) मा बस्ने भएको हो।
बैठकको कार्यसूची यसप्रकार छ:
१. राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा।
२. महाधिवेशन प्रतिनिधि सम्बन्धमा।
३. महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन सम्बन्धमा।
४. विधान संशोधन सम्बन्धमा।
५. विविध।
66
Shares

प्रतिक्रिया