राजनीति


एमालेभित्रै रहेर ओलीसँग सामना गर्ने माधव नेपाल समूहको निष्कर्ष

एमालेभित्रै रहेर ओलीसँग सामना गर्ने माधव नेपाल समूहको निष्कर्ष

नेपालखबर
फागुन २४, २०७७ सोमबार १०:४९,

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्ष नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको छ।

नेपालनिकट स्थायी कमिटी सदस्यहरुबीच सोमबार नयाँ बानेश्वरको एक होटलमा भएको छलफलमा ‘अब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको’ एक नेताले बताए।

‘अदालतको आदेशलाई सम्मान गर्दै एमाले पार्टीभित्रै रहेर आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालेका छौं,’ माधव नेपालनिकट एक नेताले भने, ‘एमाले भनेको हामीले बनाएको पार्टी हो। त्यसभित्रै रहेर संघर्ष गर्ने हो। जस्तो परिस्थिति आउँछ सामना गर्दै जाने हो।’

हिजो आइतबार सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकतालाई अवैधानिक ठहर गर्दै नेकपा नाम पनि नदिएपछि माधव नेपाल समूह सबैभन्दा बढी संकटमा परेको थियो। एमालेको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पक्षले एमाले ब्यूँतिएको भन्दै खुशी व्यक्त गरिरहेको छ भने प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष रहेका छन्।

राजनीतिक संकट आएपछि त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न सोमबार बानेश्वरमा भएको भेलामा नेपाल पक्षका १३ जना स्थायी समिति सदस्य सहभागी थिए।

बानेश्वर भेलामा एमालेमै रहने निष्कर्ष निकालेर नेपाल पक्ष प्रचण्ड पक्षसँग छलफल गर्न पेरिसडाँडामा भइरहेको स्थायी कमिटी बैठकमा सहभागी भएको छ।

यो पनि :
नयाँ परिस्थितिबारे माधव नेपाल पक्षका पूर्वएमाले नेताहरुले गरे यस्तो समीक्षा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad