राजनीति


झलनाथ खनालको अध्यक्षतामा बैठक, नयाँ संसदीय दलको नेता चयन गरिने

झलनाथ खनालको अध्यक्षतामा बैठक, नयाँ संसदीय दलको नेता चयन गरिने

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ९:२९,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।

सो बैठकको अध्यक्षता नेता झलनाथ खनालले गरेका छन्।

खनालले संसदीय दलका सदस्यहरुमध्ये ज्येष्ठताका आधारमा आजको बैठकको अध्यक्षता गरेका हुन्।

सोहि बैठकले नयाँ संसदीय दलको नेता चयन गर्नेछ।

बैठकबाट नेकपाको संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाई नयाँ संसदीय दलको नेता चयन गरिने प्रमुख सचेतक देव गुरुङले बताए।

प्रतिनिधि सभा विघटन भएपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले त्यसलगत्तै पनि ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो।

त्यतिबेला सो पक्षले ओलीलाई हटाएर उनको ठाउँमा पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थियो।

‘यसअघि हामीले हटाउने निर्णय गरेका थियौं तर त्यतिबेला प्रतिनिधि सभा नरहेको हुँदा अहिले थप विधिवत् रुपमा चयन गर्ने भएका हौं,’ गुरुङले भने।

सो बैठकले प्रधानमन्त्रीविरुद्ध संसदमा प्रस्तुत गर्ने अविश्वास प्रस्तावबारे पनि निर्णय गर्ने उनले बताए।

यो पनि : 
माया ज्ञवाली प्रचण्ड–नेपाल पक्षको संसदीय दलमा उपस्थित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad