कारोबार


तनावका बीच बुटवलमा अर्थमन्त्रीले गरे माेतिपुर औद्योगिक क्षेत्र शिलान्यास

तनावका बीच बुटवलमा अर्थमन्त्रीले गरे माेतिपुर औद्योगिक क्षेत्र शिलान्यास

प्रकाश न्यौपाने
फागुन २१, २०७७ शुक्रबार ९:२७,

कार्यक्रम स्थलमा सयौं सुरक्षाकर्मी तैनाथ गरेर स्थानीय बासिन्दाको विरोधका बीच पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्।

आफूहरुको जग्गामा सरकारले बलजफ्ती औद्योगिक क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

विरोधका बीच पनि सरकारले यहाँ औद्योगिक क्षेत्र बनाउन लागेको हो। त्यसका लागि उद्घाटन गर्न मन्त्री पौडेलले मोतिपुर पुगेका थिए।

अर्थमन्त्री कार्याक्रम स्थल पुग्दा स्थानीयले गाडीमा ढुंगा प्रहार गरेका थिए। विरोध हुँदाहुँदै मन्त्री पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्।

कार्यक्रममा अर्थमन्त्री पौडेलसहित उद्योगमन्त्री लेखराज भट्ट पनि सहभागी भएका छन्।

स्थानीयले ढुंगामुढा गरेपछि मन्त्रीद्वय शिलान्यास गरेर कार्यक्रमस्थलबाट बाहिरिएका छन्। तर आक्रोशित स्थानीयले अर्थमन्त्री पौडेलले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेर बाहिरिएलगत्तै शिलान्यास स्तम्भ भत्काइदिएका छन्।

बिहीबार पनि स्थानीयले शिलान्यास समारोहको मञ्च भत्काइदिएका थिए। सुरक्षाकर्मीसमेतको सहयोगमा रातारात मञ्च निर्माण गरिएको थियो।

आज औद्योगिक क्षेत्र शिलान्यास हुने भएपछि स्थानीय बिहानैदेखि विरोधमा उत्रिएका थिए। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ।

जिल्लाको शुद्धोधन गाउँपालिका–३ का सखुवानी, बेतही र बेतहानीमा २ सय घर र करिब ३ सय जनाको खेत गरी १२० बिघा जग्गा औद्योगिक क्षेत्रमा पर्छ।

स्थानीयले आफूहरुलाई बैकल्पि व्यवस्था गरेर मात्रै औद्योगिक क्षेत्र बनाउनु पर्ने माग राख्दै आएका छन्। तर विकल्प विनै शिलान्यास भए पनि स्थानीय झनै आक्रोशित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .