आन्दोलनरत नेकपाका स्थायी समिति सदस्य भीम रावलले चार उदाहरण दिँदै प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटगत स्वार्थमा लागेको पुष्टि भएको आरोप लगाएका छन्।
शनिबार विराटनगरमा आफ्नो समूहले आयोजना गरेको प्रदेशस्तरीय सभामा प्रधानमन्त्री ओलीले जनताका पक्षमा फैसला नआए आन्दोलन हुन्छ भनेर चेतावनी दिएपछि नेता रावलले टिप्पणी गरेका हुन्।
‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको आपराधीकरण गर्नु र आफैं कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नम्बर २ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ,’ रावलले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया