समाज


बालुवाको ढिस्कोमा पुरिँदा १३ वर्षीया बालिकासहित दुई जनाको मृत्यु

बालुवाको ढिस्कोमा पुरिँदा १३ वर्षीया बालिकासहित दुई जनाको मृत्यु

नेपालखबर
फागुन ९, २०७७ आइतबार १:२५,

पाल्पामा बालुवाको ढिस्कोमा पुरिँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ।

पाल्पाको पूर्वखोला गाउँपालिका- ४ छेबकुनमा रहेको बालुवा खानीमा शनिबार साँझ बालुवा निकाल्ने क्रममा अचानक ढिस्को खसेर उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ।

घटनामा स्थानीय १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बालुवाको ढिस्कोमा पुरिएकी बालिकाको घटनास्थमै र सिंहको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad