राजनीति


जनकपुर झडपमा घाइते यादव र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

जनकपुर झडपमा घाइते यादव र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

नेपालखबर
माघ २२, २०७७ बिहिबार ११:१३,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बिहीबारको आमहड्तालमा प्रहरीको लाठीचार्जबाट घाइते भएका चार जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउन लागिएको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिका सदस्य सूर्य सुवेदीका अनुसार विहीबार जनकपुरमा प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट भएका नेकपा स्थायी समिति सदस्य मात्रिका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहितका चार जनालाई थप उपचारका लागि विमानबाट काठमाडौं ल्याउन लागिएको हो।

उनीहरुलाई अपरान्ह साढे चार बजेको फ्लाइटबाट काठमाडौं ल्याउन लागिएको उनले जानकारी दिए।

‘उहाँहरुको अवस्था गम्भीर भएकोले थप उपचारको लागि काठमाडौं ल्याउन लागिएको हो,’ सुवेदीले नेपालखबरसँग भने, ‘काठमाडौं र जनकपुरमा राज्यले दमन ग¥यो। काठमाडौं सय जना गिरफ्तार भएका छन् भने जनकपुरमा प्रहरीले तीव्र दमन गरेको छ।’

उनले बन्दलाई जनताले साथ दिएका कारण अन्य जिल्लामा बन्द धेरै शान्तिपूर्ण र राम्रो भएको दावी गरे।

उनका अनुसार बिहान ७ बजेबाट सुरु भएको बन्द अहिले ५ बजेबाट सकिनेछ। हड्ताल सफल बनाउन काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा खटिएका केन्द्रीय नेताहरुले अहिले सम्बोधन गरिरहेका छन्। सम्बोधन सकिएपछि केहीबेर प्रदर्शन गरेर हड्ताल अन्त्य गरिने सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad