राजनीति


जबज ओलीले त्यागेका हुन, माधवले होइन : प्रचण्ड

जबज ओलीले त्यागेका हुन, माधवले होइन : प्रचण्ड

नेपालखबर
पुस २८, २०७७ मंगलबार ९:३६,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) माधवकुमार नेपालले नभई केपी शर्मा ओलीले छाडेको बताएका छन्।

मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन एमालेले मान्दै आएको मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यदिशा ओली नै त्यागेको बताएका हुन्।

‘जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने माधव नेपाल होइनन्, केपी अ‍ोली नै हुन्’, उनले भने।

अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा तत्कालीन एमालेको बहुदलीय जनवाद र माओवादी केन्द्रको एक्काइसौँ शताव्दीको जनवादलाई त्यागेर तय गरिएको नेकपाको समाजवाद उन्मुख जनताको जनवादमा तय गरिएको र त्यसमा पहिलो हस्ताक्षर ओलीले नै गरेको बताएका हुन्।

उनले आफूहरुले एमालेको कार्यदिशा र एमालेले माओवादीको कार्यदिशा नस्वीकारेका कारण नयाँ कार्यदिशा तय गरिएको बताए।

‘हामी पूर्वएमालेको सिद्धान्त र नीतिलाई निषेध गर्ने पक्षमा थिएनौँ। पूर्वमाओवादीको नीतिलाई निषेध गर्ने कुरै भएन। दुवै आन्दोलनको मूल्यांकन हुनुपर्छ र साझा कार्यदिशा बनाउनुपर्छ भन्नेभयो’, प्रचण्डले भने, ‘कुरा नमिलेपछि फेरि ओली र म बसेर छलफल गर्दा मदन भण्डारी र जबजलाई छोडेर समाजवाद उन्मुख जनताको जनवादमा सहमति भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad