राजनीति


छोरा बेलायतका प्रधानमन्त्री, बाबुले मागे फ्रान्ससँग नागरिकता !

छोरा बेलायतका प्रधानमन्त्री, बाबुले मागे फ्रान्ससँग नागरिकता !

नेपालखबर
पुस १८, २०७७ शनिबार ०:३४,

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका बुबा स्टैन जोनसले फ्रान्सको नागरिकता लिन निवेदन दर्ता गराएका छन्। ब्रेजिक्ट सम्झौतालगत्तै उनले फ्रान्सको नागरिकता पाउन पहल गरेका हुन्।

उनकाे कदमलाई बेलायतको संसदले बुधबार मात्र गरेकाे युरोपेली संघ ब्रेजिक्ट व्यापार सम्झौताकाे विराेधका रूपमा हेरिएकाे छ। तर प्रधानमन्त्री जोनसनका पिताले आफ्नो फ्रान्सेली पहिचान पुनः प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।

उनले आफ्नी आमाको जन्म फ्रान्समा भएको तथा हजुरबुबासमेत फ्रान्सेली नागरिक भएको दाबी गरेका छन्। यसैकारण आफ्नो पहिचानका लागि फ्रान्सको नागरिकता माग्दै निवेदन दर्ता गराएको उनको भनाइ छ।

८० वर्षीय स्टैन जोनस युरोपेली संसदको सदस्यसमेत भएका थिए। उनले सन् २०१६ को जनमत संग्रहमा युरोपियन युनियनसँगै रहने बेलायतको निर्णयमा समर्थन जनाएका थिए।

तर बेलायतले बिहीबार युरोपियन युनियनसँगको आर्थिक सम्बन्ध तोडेपछि त्यहाँका नागरिकले त्यसअन्तर्गतका २७ देशमा बस्ने र काम गर्ने अधिकार गुमाएका छन्। तर दोहोरो नागरिकता हुने नागरिकले बस्न र काम गर्न पाउँछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad