समाज


नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

नेपालखबर
पुस १८, २०७७ शनिबार ०:७,

नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ शिशुको जन्म भएको युनिसेफले जनाएको छ।

‘हजारौँ नयाँ सुन्दर बालबालिकालाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,’ कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भनिन्।

‘गत वर्ष सन् २०२० सबैका लागि चुनौतिपूर्ण वर्ष बनेको थियो। त्यसमा पनि बालबालिकाका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो,’ फोयौजातले जारी गरेको वक्तव्यमा भनिएको छ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कोम्बोडियामा यस वर्षको पहिलो दिन ९७१ जना जन्मिएका हुन्।

अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने भन्दै फोयौजातले कम्बोडियामा जन्मिएका बालबालिकाको भविश्य सुनौलो बनाउनका लागि युनिसेफले पनि सक्दो सहयोग गर्ने बताइन्।

युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि कम्बोडियामा समेत काम गरिरहेको छ। सन् २०२० मा भने युनिसेफले कम्बोडिया सरकार र यसका साझेदारलाई कोरोनाविरुद्ध लड्नका लागि पनि सहयोग गरेको थियो।

विशेष गरेर दुर शिक्षा, विद्यालय सञ्चालन, कोरोनाबाट सुरक्षित गर्न, सफा खानेपानी, पोषिलो खाद्य पदार्थलगायतका क्षेत्रमा कम्बोडियाले सहयोग गर्दै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad