समाज


चोरिएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता, ९ जना पक्राउ

चोरिएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता, ९ जना पक्राउ

नेपालखबर
पुस १८, २०७७ शनिबार ०:३६,

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। मोटरसाइकल चोरीमा संलग्न ९ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजेर सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ।

महाशाखाले पदम लामा, प्रदीप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, वुद्धिजङ्ग गुरूङ, साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेशकुमार पोदार, वासुदेव गुरूङ, कृष्णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पीङ्की सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवनकुमार सुनार, विकास मगर र प्रवेश राईको हराएको मोटरसाइकल जिम्मा लगाएको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जथाभावी रूपमा मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेको बताए। ‘उपत्यकाबाट हराएका मोटरसाइकल बाहिरी जिल्लामा धेरै प्रयोग हुने गरेको छ,’ उनले भने, ‘पार्किङ क्षेत्रमा मोटरसाइकल राख्दा होसियारी अपनाउनु पर्छ।’

उपत्यकामा मोटरसाइकल चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन सेवा १०३ मा टिपाउन पनि महाशाखाले अनुरोध गरेको छ। महाशाखाले पुस महिनामा मात्रै ३९ मोटरसाइकल अनुसन्धानका लागि ल्याएको छ भने चोरीमा सङ्लग्न नौ व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad