प्रदेश नम्बर १ काे सरकारका ३ मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन्।
सत्तारूढ नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका प्रदेशमन्त्रीले राजीनामा दिएका हुन्।
प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन्।
‘देशको घटनाले गर्दा हामीले राजीनामा दिएका हौं,’ राजीनामापछि नेपालखबरसँग कुरा गर्दै जयमाया गजमेरले भनिन्, ‘हामीले घोषणा गरिसक्यौं। दर्ता भनेको प्राविधिक कुरा हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराई चुनाव घोषणा गरेपछि सत्तारूढ नेकपा औपचारिक रूपमै विभाजन भइसकेको छ। ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै अलग अलग बैठक गरिरहेका छन्। त्यसैको असर प्रदेश सरकारमा पनि देखिन थालेको हो।
याे पनि : प्रदेश १ : नयाँ मुख्यमन्त्रीमा भीम आचार्यकाे नाम राख्दै आज शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिँदै
Shares

प्रतिक्रिया