समाज


साउदीको हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण

साउदीको हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण

नेपालखबर
पुस १२, २०७७ आइतबार ४:१८,

यमनी सरकारलाई सहयोग गर्दै आएको साउदी अरबले यमनको मध्य क्षेत्रमा रहेका यमनी हुथी समूहको प्रभाव क्षेत्रमा हवाई आक्रमण गरेको छ।

जबल मुराद र जौबा जिल्लाका विभिन्न क्षेत्रलाई लक्षित गरी आक्रमण भएको यमनी टेलिभिजनले जनाएका छन्।। आक्रमणका कारण हुथी समूहमा के कति क्षति भयो खुली सकेको छैन। गठबन्धन वा यमनी सरकारबाट यसबारे कुनै प्रतिक्रिया बाहिर आएको छैन।

गठबन्धन सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा हुथी समूहले प्रभाव विस्तार गर्न नसकुन् भनी पछिल्ला केही हप्तादेखि हुथीको प्रभाव क्षेत्रमा हवाई आक्रमण भइरहेका छन्।

उक्त जिल्ला हुथीको कब्जामा रहेको राजधानी सानाको पूर्व केही किलोमिटर टाढा सरकारको अधिनमा रहेका प्रान्तको उत्तर र पश्चिम क्षेत्रमा पर्छ।

सन् २०१४ अन्त्यदेखि यमन गृहयुद्धमा फसेको छ । यमनमा इरान समर्थित हुथी समूहको कब्जामा उत्तरी प्रान्तहरू रहेका छन्। राष्ट्रपति अब्द रब्बू मन्सूर हादीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सानाबाट पलायन हुन बाध्य गरेको थियो।

साउदीको नेतृत्वमा रहेको अरब गठबन्धनले सरकारलाई समर्थन गर्न सन् २०१४ यमनमा हस्तक्षेप गरेको भएपनि अहिलेसम्म यमनमा समानान्तर सरकार सञ्चालन भइरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad