पुनर्गठित मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीले केही नयाँ मन्त्रीहरु थप्नुको साथै हेरफेर गरेलगत्तै मन्त्रिपरिषदको बैठक बालुवाटारमा बसेको हो।
सरकारले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजित भएको थियो। त्यसपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए।
शुक्रबार प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाएर आठ जना मन्त्री र एक राज्यमन्त्रीसहित नौ जना नयाँ सदस्य नियुक्त गर्नुको साथै मौजुदा जिम्मेवारीमा हेरफेर गरेका हुन्।
प्रधानमन्त्रीले थपे नयाँ मन्त्री, पुरानाका मन्त्रालयमा पनि व्यापक हेरफेर (सूची)
444
Shares

प्रतिक्रिया