राजनीति


मन्त्रिमण्डल पुनर्गठनमा हटाइए विश्वकर्मा र दुगड

मन्त्रिमण्डल पुनर्गठनमा हटाइए विश्वकर्मा र दुगड

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १४:३५,

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा दुई मन्त्रीलाई हटाएका छन्।

ओलीले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा विदा गरेका हुन्।

कास्कीबाट प्रतिनिधि सभाको प्रत्यक्ष चुनाव जितेका विश्वकर्मा २०७४ चैत २ गते र मोतिलाल दुगड २०७६ मंसिरमा उद्योग राज्यमन्त्री बनेका थिए।

दुगड समानुपातिकतर्फका सांसद हुन्।

विश्वकर्माको स्थानमा सिन्धुपाल्चोकका दावा लामा र दुगडको स्थानमा विमला विक राज्यमन्त्री बनेकी छिन्।

ओली मन्त्रिमण्डलमा विमला विक एकमात्र दलित मन्त्री हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad