राजनीति


प्रधानमन्त्रीले थपे नयाँ मन्त्री, पुरानाका मन्त्रालयमा पनि व्यापक हेरफेर (सूची)

प्रधानमन्त्रीले थपे नयाँ मन्त्री, पुरानाका मन्त्रालयमा पनि व्यापक हेरफेर (सूची)

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १४:४,

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा नयाँ मन्त्री थप्नुका साथै वहालवाला मन्त्रीहरुको मन्त्रालयमा पनि व्यापक हेरफेर गरेका छन्।

प्रधानमन्त्री ओलीले आज शुक्रबार आठजना मन्त्री र एकजना राजमन्त्री नयाँ नियुक्त गरेका छन् भने ६ जना मन्त्रीको मन्त्रालय हेरफेर गरेका छन्।

त्यसैगरी, ओलीले युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई पुनर्गठनमा हटाएका छन्।

आज थपिएका मन्त्री:
टोपबहादुर रायमाझी (ऊर्जा, जलस्रोत तथा सिंचाई)

प्रभु साह (शहरी विकास)

गौरीशंकर चौधरी (श्रम तथा रोजगार)

गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला)

मणि थापा (खानेपानी तथा सरसफाई)

दाबा लामा (युवा तथा खेलकूद)

प्रेम आले (वन तथा वातावरण)

जुली महतो (महिला तथा ज्येष्ठ नागरिक)

विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

मन्त्रालय हेरफेर भएका:
हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)

कृष्णगोपाल श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रबिधि)

भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)

पदमा अर्याल (कृषि तथा पशुपंक्षी)

शिवमाया तुम्बाहाङफे (भूमि सुधार)

लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)

अहिलेसम्म त्रिपाठी सामान्य प्रशासन मन्त्री थिए भने श्रेष्ठ शहरी विकास, ढकाल स्वास्थ्य, अर्याल भूमिसुधार, तुम्बाहाङफे कानुन र लिलानाथ महिला बालबालिका मन्त्रालयमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad