राजनीति


केपी ओली गणतन्त्र र संघीयताविरोधी नेता हुन्: माधव नेपाल

केपी ओली गणतन्त्र र संघीयताविरोधी नेता हुन्: माधव नेपाल

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ९:४०,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष चुनिएका माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी नेता भएको बताएका छन्।

ओलीलाई गणतन्त्र र संघीयताप्रति कुनै मोह नभएको नेपालले दाबी गरे।

‘यहाँ झलनाथजी अमृत बोहराजी यहिँ साक्षी हुनुहुन्छ, उहाँ (ओली)ले नेपालमा गणतन्त्र आउँदैन भनेर फरक मत राख्ने नेता हो,’ नेपालले शुक्रबार बबरमहल कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलनमा भने, ‘उहाँलाई यो व्यवस्थाप्रति कुनै मोह नै छैन।’

ओलीले तानाशाह प्रवृत्ति देखाएको बताए।

‘तानाशाहलाई कहिल्यै पनि बैठक र समितिहरु मन पर्दैन। उहाँले हिजो त्यहि भन्नुभयो,’ नेपालले भने, ‘उहाँलाई एउटा कुरा मात्र मन पर्छ, त्यो हो– ओलीवाद।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad