समाज


तिलगंगा आँखा अस्पतालका नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता

तिलगंगा आँखा अस्पतालका नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ९:३५,

नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन्।

तिलगंगा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय राई ४४ दिनदेखि बेपत्ता भएका हुन्।

आफन्तसहित रासस कार्यालय भक्तपुरमा आज आइपुगेका बेपत्ता राईका पिता भोजपुर हतुवागढीका लालकुमारले बेपत्ता छोराको खोजी गरिदिन प्रहरी, मानव अधिकारकर्मी, पत्रकार तथा आफन्तजनलाई अनुरोध गरेका छन्।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा गत माघदेखि नेत्र सहायकका रुपमा कार्यरत राई गत कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रबाट साथी भेट्न भन्दै भोटेकोशी गाउँपालिका चाकु गएपछि नफर्केको उनले जानकारी दिए। २०७६ माघदेखि त्यहाँका बासिन्दालाई आँखाको उपचारमा सेवा पु¥याउने उद्देश्यले अस्पतालले पठाएपछि स्वास्थ्य केन्द्रमा कार्यरत राई केन्द्रसँगैको घरमा भाडामा बस्दै आएका थिए।

बेपत्ता राईका परिवारका अनुसार कात्तिक २७ गते प्राथमिक स्वास्थ्य केन्द्रका फार्मेसीमा कार्यरत सृष्टि श्रेष्ठसँग आफ्नै को२१प ५७९९ नंको मोटरसाइकलमा बाह्रबिसेको पुल नजीकैसम्म गएको र त्यहाँबाट एक्लै भोटेकोशी गाउँपालिकास्थित चाँकुमा साथी राकेश श्रेष्ठलाई भेट्न गएकामा त्यसै दिनदेखि बेपत्ता भएका हुन्।

आफन्तले बाह्रबिसेदेखि चाकुसम्म पुगेर खोजतलास गर्दा राकेशलगायत चारजनासँगै बसेर खानपान गरेपछि राकेश र राईले हिन्दी गएर चाकु फर्केपछि बाह्रबिसे कोठातर्फ फर्किएको भनिए पनि कोठामा नआइपुगेको पिता लालकुमारले जानकारी दिए। उनका अनुसार सोही दिन राति ८ः३० बजेसम्म काठमाडौँ बस्ने दिदीले दुईवटै नं मा फोन गर्दा घण्टी गएको तर नउठाएको र मङ्सिर २८ गते पनि फोन जाने तर नउठाउने र पछि स्विच अफ भएको मोबाइल अहिलेसम्म खुलेको छैन।

लालकुमारले भने, ‘छोरासँग सम्पर्क नभएपछि तत्कालै बाह्रबिसे पुगेर कतै दुर्घटना पो भयो कि भनेर बाह्रबिसेदेखि भोटेकोशी, चाकु सबैतिर खोजी गरिसक्यौँ, सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि मान्छे, मोटरसाइकल केही भेटिएन, शंकमस्पद व्यक्तिमाथि किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी लिएन।’

तिलगंगा आँखा अस्पतालमा कार्यरत उनका आफन्त कैलाश राईले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रदेखि भोटेकोशीसम्म खोज्दा पनि नभेटिएको बताउँदै बाह्रबिसे नगरपालिका, यहाँको स्वास्थ्य केन्द्र, प्रहरी सबैतिर खोजी गरिदिन आग्रह गरेपनि अझै पत्ता नलागेको बताए।

यस बारेमा बाह्रबिसे प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहसँग सम्पर्क गर्दा उनले सम्भावित एवं शंकास्पद सबै ठाउँमा खोजी गर्दा पनि बेपत्ता राईको पत्तो नलागेको बताए। उनले जनप्रतिनिधिसहितको सहयोगमा भोटेकोशीको खोला किनारादेखि सम्भावित अन्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको, मोबाइलको अन्तिम लोकेशन जिरो किलोसम्म देखिएकाले काभ्रेको प्रहरीलाई समेत खबर गरी खोजी भइरहेको जानकारी दिए।

शंकास्पद व्यक्तिहरु, बेपत्ता राईसँग नजीक रहेका भनिएका सृष्टिदेखि राकेश श्रेष्ठलगायत अन्यसँग सोधपुछ र निगरानी गरिरहेको जानकारी दिँदै खोजी कार्य जारी रहेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad