कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौंको शान्तिनगर स्थित बानेश्वर बहुमुखी क्याम्पसमा विस्तारित शाखा स्थापना गरि कारोबार शुभारम्भ गरेको छ।
बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्रा. डा. घमानसिंह खड्काले संयुक्त रुपमा विस्तारित शाखाको उद्घाटन गरेका छन्।
अब साे क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारित शाखाबाट नै भुक्तानी गर्न सक्नेछन्।
साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सकिनेछ। सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान ७:३० बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिनेछ।

प्रतिक्रिया