सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन्।
शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका हुन्।
उनले सरकारले तर्जुमा गर्ने नीति र कार्यक्रमहरूले नागरिकलाई राहतको अनुभूति गराउनुपर्ने उल्लेख गर्दै यदि सरकारी नीतिकै कारण कसैले आत्महत्या वा मृत्युवरण गर्नुपर्ने परिस्थिति सृजना भएको हो भने त्यो विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा व्यक्त गरे।
84
Shares

प्रतिक्रिया