सर्लाहीका एक युवकले आफ्नै शरीमार पेट्रोल छर्केर आगो लगाएका छन्।
शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र पौडेलले बताए। ‘आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन्,’ एसपी पौडेलले भने, ‘उपचारका लागि काठमाडौँ लैजान हेलिकोप्टर बोलाएका छौँ।’
पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण खुलेको छैन। अहिले उपचारमा ध्यान दिएको र कारण खुल्न बाँकी रहेको एसपी पौडेलले बताए।
उनको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्न स्थानीय प्रशासनले सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहलाई गुहारेका थिए। सिंहले हेलिकप्टर पठाउने व्यवस्था हुन लागेको जनाएका छन्।
4.7k
Shares

प्रतिक्रिया