प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले सो पार्टीले पुस १४ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने बताएका छन्।
उनले संसद पुनस्र्थापना नहुँदासम्म र बालुवाटारमा आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने बताएका छन्।
उनले शुक्रबार प्रचण्ड–नेपाल पक्षका नेताहरु कान्तिपथस्थित निर्वाचन आयोग जानुअघि आयोग बाहिर जम्मा भएका प्रदर्शनकारीलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।
‘अब छिट्टै नै प्रधानमन्त्री हाम्रो हुँदैछ। प्रतिनिधि सभा पुनस्र्थापना हुँदैछ,’ उनले भने, ‘अब यो आन्दोलन देशव्यापी अगाडि बढ्नेछ। पुस १४ गते काठमाडौंमा विशाल प्रदर्शन गरिनेछ र सो दिन लाखौं मानिसको जनप्रदर्शन गर्दैछौं। सबै ७७ जिल्लामा यो प्रदर्शन हुनेछ।’
उनले १४ गतेको विशाल प्रदर्शनका लागि सबै तयारी गर्न आह्वान गरेका थिए।

प्रतिक्रिया